दार्चुला – जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गरिएको छ । शुक्रबार जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले यि दुई स्थानीय तहलाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो । २४ गते राती आएको अविरल वर्षाको कारण भएको मानविय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालयलाई जानकारी गराउने उद्देश्यले वैठक बसि विभिन्न निर्णय गरेको छ । वैठकले भाद्र २४ गते राति भएको वर्षाका कारण बाढी पहिरोबाट दार्चुला जिल्लाको विशेष गरि महाकाली नगरपालिका वडा नम्बर १, २, ३ र ४ र नौगाड गाउँपालिका वडा नम्बर १ र २ मा भएको विपतको अवस्थामा तत्काल खोज, उद्धार…
Author: Saru Shrestha
काठमाडौँ – चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले जानकारी दिए । उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो । यस्तै नेकपा एमालेमा प्रवेश गरेपछि बर्खास्तमा परेका कुलवीर चौधरीको ठाउँमा समाजवादीले बुढाथोकीलाई राज्यमन्त्री बनाएको हो ।
झापा – झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ । पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, विक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ । उनीहरूलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोज आज एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् । २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोजले जनाएको छ । यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार…
काठमाडौं – यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद…
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
काठमाडौँ – इन्जिनियर सुवास बस्नेतले सडक निर्माणका कार्यमा भ्रष्टाचार गरेको आरोपबाट सफाइ पाएका छन् । शुक्रबारको अन्तिम बहसपछि विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई सफाइ दिएको हो । तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतले झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने समयमा घुसररिसवत माग गरेको आरोप लागेको थियो । बस्नेतले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाममा कार्यरत रहँदा झापा जिल्लामा सडक ग्राभेलको काम गर्ने क्रममा बिल बनाई भुक्तानी गर्दा घुसररिसवत माग गरी प्राप्त गरेको रकम अन्य बैङ्क खातामा जम्मा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ लाख पचास…
काठमाडौं – सरकारले १ असोज मध्यरातिदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका थिए । निर्वाचन आयोगले १ असोजको मध्यरातिदेखि सांसदको कार्यकाल सकिने निर्णय गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै २ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेकाले शनिबार नै सांसदको कार्यकाल सकिने निर्णय गरेको हो ।
काठमाडौँ – नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्न शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शनिवार १ बजेपछि बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले जानकारी दिए । नेकपा एमालेको भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्नुपर्ने आवश्यकता रहेको नेताहरूको भनाइ…