Author: Saru Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठमा उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि थापाले सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने बताए । ‘ड्राइभिङ सिटमा अब आफैँ बस्ने हो । अब आउने पाँच वर्ष आफैँ ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले बताए । सरकार तथा पार्टीको मूल नेतृत्व गर्ने जोस र आवश्यक अनुभव भएको उनको भनाइ छ ।

Read More

काठमाडौं – टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् । उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।

Read More

काठमाडौं – घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ मा मनोनयन दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । भुसालले शनिबारमात्रै एमाले परित्यागको घोषणा गरेका थिए । प्रदेशसभातर्फ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि गोरखा हरेक दृष्टिकोणले ऐतिहासिक जिल्ला भएको बताएका छन् । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै प्रचण्डले आफ्नै परिचित ठाउँ र परिचित जनताको बीचमा आएको महसुस भएको बताए । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ राखेर प्रचण्डले भने ‘गोरखा ऐतिहासिक जिल्ला हो । युवा अवस्थामा गोरखामा बसेर अध्यापन गरेको जिल्ला पनि हो । मैले यही पार्टी हेडक्वाटर राखेर जनयुद्धको पुरै तयारी यहीबाट गरेको हो ।’ उनले जनयुद्धको पहिलो सैनिक तालिम दिएको ठाउँपनि गोरखा नै भएको स्मरण गरे । उनले गोरखाबाट चुनाव लड्दा आफ्नै परिचित…

Read More

तनहुँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए । उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’ पौडेलले आफुहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा संचार दिन आफूहरुले चाहेको बताए । पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र…

Read More

काठमाडौं – नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् । उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।

Read More

धनगढी – अछाम–१ का लागि एमालेले भीम रावललाई टिकट नदिएर सो क्षेत्रमा झपट बोहोराले टिकट दिएको छ। यी हुन् एमालेका उम्मेदवार : बाजुरा प्रतिनिधिसभाकर्णबहादुर थापा प्रदेशसभालालबहादुर थापाबलदेव रेग्मी बझाङ प्रतिनिधिसभाऐन महर प्रदेशसभाअफिलाल ओखेडाएलबी रावल दार्चुला प्रतिनिधिसभागणेश ठगुन्ना प्रदेशसभाहर्देब जोशीरामदत्त जोशी बैतडी प्रतिनिधिसभादामोदर भण्डारी प्रदेशसभासुरेन्द्र पाललीलाधर भट्ट डडेलधुरा प्रतिनिधिसभाकांग्रेस बीपी प्रदेशसभापठानसिंह बोहोरागजेन्द्र शाही डोटी प्रतिनिधिसभागौरी ओली प्रदेश सभाचक्र मल्लटेकबहादुर बम अछाम- १ प्रतिनिधिसभाझपट बोहोरा प्रदेशसभाकृष्णप्रसाद जैशीदेवबहादुर कुँवर अछाम-२ प्रतिनिधि(सभायज्ञ बोगटी प्रदेश सभाभीम विष्टशिव उपाध्याय कञ्चनपुर- १ प्रतिनिधिसभातारा लामा प्रदेशसभापल्लबराज भट्टवीरबहादुर थापा कञ्चनपुर- २ प्रतिनिधिसभानरबहादुर धामी प्रदेशसभाकृपाराम रानाबचन सिंह कञ्चनपुर- ३ प्रतिनिधिसभानीरुदेवी पाल प्रदेशसभासुरेन्द्र विष्टतालमेल गर्ने कैलाली- १ प्रतिनिधिसभाटपेन्द्र रावल प्रदेशसभाद्वारिका न्यौपानेतालमेल…

Read More

काठमाडौं – नेकपा एमालेका प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । उनी महासचिव शंकर पोखरेलकी बहिनी हुन् । पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको नाम नवौं नम्बरमा छ । कुल ११० जनासम्मको नाम बुझाउन सकिने भएपनि एमालेले १०९ जनाको नाम बुझाएको छ । यी हुन् एमालेका १०९ उम्मेदवार :- मेनकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीविजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादीपा शर्मासुनिता बरालभागरथी कुमारी चन्दलिलाकुमारी भण्डारीनर्वदादेवी शिवाकोटी पाठकमेनका पछाईशान्तिदेवी खनालउमादेवी कोइारालाक्रान्ति बुर्लाकोटीबालिकाकुमारी गिरीओमदेवी मल्लरघुजी पन्तएकनाथ ढकालकुमार दसौंदीदयालबहादुर शाहीखिमलाल पोखरेलमुक्तिप्रसाद पाठकशम्भुप्रसाद गौतममोहनलाल शर्मागेहेन्द्रप्रसाद दाहालगोबिन्दप्रसाद दुलालकुलबहादुर आचार्यरामशरण प्याकुरेलप्रेमकुमार पराजुलीगोरखबहादुर बोगटीप्रेमबहादुर सिंहपुरुषोत्तम न्यौपानेविदुर कार्कीनैनकला थापा मगरसूर्यकुमारी श्रेष्ठउर्मिला थेवेईश्वरी…

Read More

काठमाडौँ – हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ । बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए । उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । गुड्दै गरेको बसको इन्जिनबाट…

Read More

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका(९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । देशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही एकरएक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाईय आठ हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमायाँ चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए । रकम हस्तान्तरण गर्दे गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत…

Read More