काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठमा उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि थापाले सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने बताए ।
‘ड्राइभिङ सिटमा अब आफैँ बस्ने हो । अब आउने पाँच वर्ष आफैँ ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले बताए । सरकार तथा पार्टीको मूल नेतृत्व गर्ने जोस र आवश्यक अनुभव भएको उनको भनाइ छ ।
Facebook Comments Box