काठमाडौं: लामो रस्साकस्सीपछि नेपाल प्रहरीको डीआईजी बढुवा हिजो मध्यराति गरियो। जसमा २६ जना प्रतिस्पर्धा भएपनि रिक्त रहेक आठ दरबन्दीमा बढुवा सिफारिस गरिएको छ।
हिजो गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो। तर चाखलाग्दो कुरा भने बढुवा समितिका सदस्य सचिव एआईजी भीमप्रसाद ढकाललाई चाईना पठाएर बढुवा सिफारिस गरिएको छ। जबकी ढकाल मानवस्रोत विकास विभागका एआइजी अर्थात बढुवा समितिको सदस्य सचिव हुन्।
उनै ढकाल चाइना गएको मौका छोपेर अर्कै बिभागका एआइजी टेकप्रसाद राईलाई साक्षी किनारामा राख्दै बढुवा सिफारिस गरिएको हो।
जसका लागि गृहमन्त्री रमेश लेखकलगायत सबै उच्च राजनीतिक नेतृत्वसँग सहमति भएबमोजिम बढुवा सिफारिस गरिएको हो।
त्यसमा २६ जना प्रतिस्पर्धीमध्ये गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र बूढानीलकण्ठ निकट सबैलाई समेटिएको सूचीको पहिलो नम्बरमा हाल आइजिपीका ब्याची ध्रुवराज राउत छन्। भोलाबहादुर रावल २ र गणेश चन्द त्यसपछि राखिएका छन्।
सिद्धिविक्रम शाहलाई ४, सुशीलसिंह राठौर ५, उमाप्रसाद चतुरवेदीलाई ६, हिमालयकुमार श्रेष्ठ ७ र डम्बर बिकलाई बढुवा सूचीको अन्तिम नम्बरमा सिफारिस गरिएको छ। वरिष्ठताको आधारमा बढुवा गरिएको भनिए पनि महानिरीक्षक कुँवरले चलखेल गर्दै राजनीतिक नेतृत्वलाई पनि रिझाएर बढुवा गरेको बताइएको छ।
जसमा केही बढुवा हुनैपर्ने अधिकारीलाई पाखा लागिएकोमा आफन्त र पावरफूलहरु माथि उक्लिएका छन्।
यस अगाडि ३ दरबन्दी नै थपेर बढुवा गर्न खोजेपनी अन्ततः सो प्रयास विफल भएको छ। सोही कारण देखाएर स्वत: बढुवा हुनुपर्ने एसएसपी दिनेश आचार्यलाई अन्यायमा पारिएको छ। जबकी उनी यस अगाडि नै बढुवा भएका डीआईजी दानबहादुर कार्कीहरुका ब्याची हुन्।
यस्तै बढुवामा भूतपूर्व महानिरीक्षक धिरजप्रताप सिंहको सानी आमाका छोरा तथा पहिले नै छुटेका सिद्धिविक्रम शाहलाई भने ४ नम्बरमा राखिएको छ। उता कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सुशील सिंह राठौर ५ नम्बरमा परेका छन्। बढुवामा गुप्तचर सेवाबाट आएकाहरु भने हाबी भएको देखिन्छ। त्यस्तै दोस्रो नम्बरमा भने आईजीका हुनेवाला सम्धी समेटिएका छन्।
प्रहरीमा १११ को टोलीका एसएसपीहरु आचार्यसहित गोविन्द थपलिया, ईश्वर कार्की, राजेन्द्र भट्ट,अरुण पौडेल, सुदर्शन कोइराला लगायतमाथि अन्याय भएको चर्चा प्रहरीमा छ।
र, यो पनि: डीआईजी बढुवा: आईजीका हुनेवाला सम्धीदेखि खाटी काँग्रेससम्म
चन्दसहित प्रहरीका ८ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस [नामसहित]