काठमाडौं – नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो । क्षेत्र र जिल्लाकै सिफारिसलाई अनुमोदन गर्दै प्रदेशले पनि सर्लाही–४ का लागि थापाकै नाम सिफारिस गरेको उपसभापति सिंहले जानकारी दिए । २०७० र २०७४ मा निर्वाचित भएका सिंहको नाम यसपटक अनुशासनको कारबाहीमा परेपछि…
Author: Saru Shrestha
डोटी – डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ । बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन् । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ ।
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको बताएका छन् । यद्यपि यसलाई अन्तिम टुंगोमा पुर्याउन भने बाँकी रहेको बताउँदै उनले छलफल जारी रहेको बताएका हुन् । आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छौँ ।’ एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको भनेर धारणा सार्वजनिक गरेको प्रश्नमा उनले बैठकमा हार्दिकताका साथ…
लमजुङ – लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । चोरी मुद्दामा दुई वर्ष अगाडि फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँ बजारबाट पक्राउ गरेको हो । लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार–९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ ।…
काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो युनाइटेड नेशन चिफ अफ पोलिस समिटमा सहभागी भई शनिबार स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेन्डालगायतका विषयमा छलफल भएको बताए । नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे । साथै उनले अन्य देशका प्रहरी प्रमुखहरुसँग…
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उनले आग्रह गरे । पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले…
काठमाडौं – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । कार्यदलसहितको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल हुने जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले जानकारी दिए । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ, सोही प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्था बारे अध्ययन गरेको थियो । अध्ययनको आधारमा कार्यदलबीच छलफल भए पनि सबै सिटमा सहमति नहुन सकेन । प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । सोही विवादलाई शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको…
एजेन्सी – अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन्। पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन्। बेलायतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए। ‘म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन। मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन’, ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने। राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ।
महोत्तरी – किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनाधिकृत रुपमा मल बेच्ने गरेको खुलेको हो । सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेको मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएको हो । शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्,झ विजय सिंहले भने । व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक तथा अध्यक्ष महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई…
काठमाडौं – नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्। मन्त्रीत्रय बडु, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्। बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको बताइएको छ। दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका छन्। यस्तै बाढीपहिरोमै परेर महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको दार्चुला प्रहरीले जनाएको छ। बाढीपहिरोमा परेर ठूलो धनजनको क्षति भएपछि दार्चुलाको नौगाड गाउँपालिका र महाकाली…