Author: Saru Shrestha

बारा – बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । विश्रामपुर गाँउपालिका-५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पतीपत्नीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवी रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरी उपरीक्षक बोगटीका अनुसार उनीहरूले महेशको हत्या गरी इटियाहीस्थित भुलन…

Read More

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । संञ्चारमन्त्री शर्माले सरकारी विज्ञापनमा देखिएको चुहावट र बिचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीले भोग्दै आएको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन् । सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र बिचौलियाले पैसा लिने गरेको आफूले थाहा पाएको बताउँदै उनले त्यसलाई मात्र रोक्न सके सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुने बताइन् । विज्ञापनमा…

Read More

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको काठमाडौंमा घडेरी र चितवनमा रिसोर्टमा लगानी रहेको उल्लेख छ । मुख्यमन्त्री अधिकारीले प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उल्लेख गरेका छन् । पोखरा–३१ चिप्लेटी स्थायी ठेगाना बताएका अधिकारीले पोखरा–१२ शान्तिटोलमा करिब ६ आना जग्गामा ८० लाखमा घर किनेको उल्लेख गरेका छन् । हाल उक्त घर जग्गाको मूल्य २ करोड पर्ने विवरणमा उल्लेख छ । उक्त घर जग्गा पैतृक सम्पत्ति बिक्रीबाट खरिद गरेको जनाइएको छ । सम्पत्ति विवरणमा…

Read More

दार्चुला – दार्चुलामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गोकुलेश्वर–देथला–बिटुले–पारिबगर सडक खण्डको कर्कले नजिकको ओसपमा अटो दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–३ ओसपबाट गोकुलेश्वर आउँदै गरेको सुपप्र ०१००१ ह ५०३५ नम्बरको अटो विहिबार राति ओसप मोडमा दुर्घटना भएको थियो । घाइते हुनेमा शैल्यशिखर–३ का अटो चालक ३३ वर्षीय रिकेश गोयला, २२ वर्षीय महेन्द्रबहादुर चन्द र ३२ वर्षीय हरि गोयला छन् । चालल गोयलाको खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोत सुनिश्चित नभएका आयोजनामा बजेट नराख्न प्रस्ताव गरेका छन् । शुक्रबार बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । बजेट छर्ने पुरानो शैलीबाट अब अर्थतन्त्र चल्न नहुने भन्दै अब प्राथमिकता प्राप्त आयोजनामा स्रोत सुनिश्चितता गरेर मात्र अगाडि बढ्ने सरकारको योजना रहेको बताएका हुन् । स्रोतको पहिचान नभएका आयोजनाबाट जनता झुक्याउने काम मात्र हुने डा. महतको भनाई छ । बैठकमा अर्थमन्त्री डा. महतले तिनै तहका सरकारको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै यो जिम्मेवारी प्रभावकारी ढङ्गले पुरा गर्नुपर्ने अहिलेको चुनौती भएको बताए । प्रदेश सरकार एउटा कार्यकाल पुरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको…

Read More

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता भएको छ । बुधबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेको हो । भेटका क्रममा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएकाले कर्जा प्रवाह हुन नसकेको उनको भनाई छ । उनले ब्याजदर घटाउन केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रमा…

Read More

काठमाडौँ – यूएईमा कार्यरत नेपालीले २ करोडको चिट्ठा जितेका छन् । उनले जितेको चिट्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । खालिज टाइम्सका अनुसार पदम नाम गरेका ती नेपाली चालक सन् २०२३ मा यूएईमा यति ठूलो राशिको चिट्ठा जित्ने पहिलो व्यक्त हुन् । तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्‍याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका थिए ।

Read More

काठमाडौँ – डोटीको बडीकेदार गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । करिब दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तालाबन्दी गरेको हो । गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी छनोटमा मनोमानी गरेको जस्ता आरोप लगाएर १२ फागुनमा सो पार्टीले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो । अहिलेसम्म समस्या समाधानका लागि पहल नभएको भन्दै बुधबार अनिश्चितकालीन तालाबन्दी गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

तनहुँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् । बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नम्बर १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताए । सभामा प्रधानमन्त्रीले भने, ‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।’ प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द…

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अख्तियारलाई ‘रिटायर्ड कर्मचारी क्लब’ नबनाउन सांसदहरुले माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनीहरूले अख्तियारको प्रभावकारिता बढाउन पदाधिकारी नियुक्ति गर्दा नै विचार गर्नुपर्ने भन्दै पदाधिकारी बनाउन गैरकर्मचारी पृष्ठभूमिका व्यक्तिलाई बनाउनुपर्ने धारणा राखेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षबारे छलफल गर्नै उनीहरूले पूर्वकर्मचारीलाई आयोगको जिम्मेवारी दिँदा आफूले सेवामा रहँदा गरेको गलत काम ढाकछोप हुने र संस्थालाई प्रभावकारी रूपमा चलाउन नसकेकोले गैर कर्मचारीलाई आयोगमा लानुपर्ने माग गरेका हुन्। पछिल्लो वर्षहरूमा अख्तियारसहित संवैधानिक निकायको पदाधिकारीमा उच्च सरकारी सेवाबाट अवकाश पाएकाहरूलाई मात्रै जिम्मेवारी दिने विकृति बढ्दै गएको छ।

Read More