काठमाडौँ – नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल गरिने बताइएको छ । आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा। प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरूको उपस्थिति रहेको छ ।
Author: Saru Shrestha
काठमाडौँ – तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् । आइतबार रातिदेखि भएको मतगणनामा बिहान १० बजेसम्मको मतपरिणामअनुसार कुल १८ हजार मत गन्दा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन्। उनका निकतटम् प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले ५ हजार २५६ मतले अगाडि छन्। वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन्।
काठमाडौँ – त्रिपुरेश्वरस्थित बागमती स्विट्सको फ्रिजमा साङ्लाहरू भेटिएका छन् । मातातिर्थ औँसीमा मिठाई खाँदा आमा बिरामी परेको भन्ने उपभोक्ताको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा खटिएको टोलीले अनुगमनका क्रममा फ्रिजमा मरेका तथा जीवित साङ्लाहरू भेटाएको हो । प्रायजसो सरकारी कार्यालयहरूको रोजाईमा पर्ने बागमती स्वीट्को कच्चा तथा तयारी खाद्य पदार्थ राख्ने स्थानमा लुगा तथा जुत्ताहरूसमेत भेटेको छ भने कच्चा पदार्थको भण्डारण प्यासेजमा अव्यवस्थित हुनुका साथै भण्डारण कक्षसमेत फोहोर रहेको अनुगमन टोलीले फेला पारेको छ । किचेन तथा प्रशोधन कक्ष फोहोर अवस्थामा रहेको, भुईँ तथा सिलिङमा कालो चिल्लो जमेको, भाडा सफा गर्ने कक्ष गन्हाएको तथा तयारी कक्ष सँगै रहेको तथा सरसफाइको…
बारा – बारा क्षेत्र नम्बर २ मा आइतवार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ को कुल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ मत खसेको थियो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले दुई प्रतिशत मत बढी खसेको जानकारी दिए । जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख…
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ, औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ । विना जानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्दै उद्योगीहरू आन्दोलित भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा यस्तो सबै समस्या १०-१५ दिनमा समाधान हुने भन्दै उद्योगीहरूलाई धैर्य गर्न आग्रह गरेका छन् । यस वर्ष हिउँ/पानी नपरेर सुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको उनले बताए । धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको र सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएकोका कारण उद्योगमा विद्युत् आपूर्ति…
काठमाडौँ – तीन वटा क्षेत्रमा आज भएको उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरु भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्याउने तयारी छ। बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन सम्पन्न भएको हो। यी क्षेत्र समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत मतदान भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनमा बारामा ६३.५४ प्रतिशत, चितवनमा ६७.६३ प्रतिशत र तनहुँमा ५४.०३ प्रतिशत मत खसेको थियो। तीन वटा क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता…
धनगढी – न्याय, समानता सम्मानका लागि धनगढीमा दलित महिलाहरूको दुई दिने सम्मेलन ५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। शनिवार र आइतवार सम्मेलनपछि आयोजित प्रत्रकार सम्मेलनमा दलित महिला संघका कैलाली अध्यक्ष अम्बिका ताम्राकारले घोषणा पत्र वाचन गरेका थिए। पत्रकार सम्मेलनमा दलित महिला संघमा संस्थापक अध्यक्ष दुर्गा सोव, महासिचव रेणु सिजापती, कला स्वर्णकार, कैलाली अध्यक्ष सविना घिमिरे र सम्मेलनमा सहभागी सुदूरपश्चिमका विभिन्न स्थानीय तहका दलित महिला जनप्रतिनिधिकहरुको उपस्थिति थियो। सम्मेलनले समाजमा रहेको जातीय, लैङ्गिक, धार्मीक र राजनैतिक विभेद र छुवाछुत विरुद्ध शूंन्य सहनशिलताको नीतिलाई कार्यान्पयन गर्न, न्याय, सम्मान र समतामूलक समाज स्थापनाका लागि निरन्तर काम गर्ने घोषणा गरिएको छ।…
काठमाडौँ – आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई स्पष्टीकरण सोधेको छ । तनहुँ १ को उपनिर्वाचनमा वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको भन्दै उजुरी परेको छ। उजुरीपछि आचारसंहिता अनुगमन समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
काठमाडौं – अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ । पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो । समितिको…
बारा – बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खसेको छ । आज भएको उपचुनावअन्तर्गत मतदानमा बारामा ६० प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले बताए । उनले उपचुनावको मतगणना आजैबाट कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा राति ९ बजेबाट सुरु गरिने जानकारी दिए । मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको यो निर्वाचन…