तनहुँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्याएको दाबी गरे । ‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’ अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको…
Author: Saru Shrestha
तनहुँ – यही १० वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि तनहुँ-१ का कांग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई गठबन्धनका शीर्षनेताहरुले भाेट मागेका छन् । तनहुँमा बुधबार आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै भाेट मागेका हुन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गाेविन्द भट्टराईकाे पक्षमा भाे मागेका हुन् ।
काठमाडौं – निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ । मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गर्ने भएको छ । बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेहो हो ।
काठमाडौँ – कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला घटाइएको मन्त्रालयको सङ्ख्या पुनः बढाएर आठ बनाइएको हो । मङ्गलवार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीका अनुसार भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएको छ । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो।
लमजुङ – जिल्लाका अधिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता छ । टाढाटाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ । बेँसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘ठूलो आगलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ । प्रायः स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगोलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।’ क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाभित्र दमकल आवश्यक रहे पनि बजेट अभावले खरिद…
काठमाडौँ – प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरीत भएको बताएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सुब्बाले सरकारले पुरानै अवस्थाबाट कित्ताकाट खोल्नु वर्तमान परिवेश विपरीत भएको बताएकी हुन् । मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद भएको उनको भनाई छ । यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने भन्दै उनले जमिनको दलालीकरण बढाउने पनि उल्लेख गरिन् । उनले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षणसमेत गराइएकी छन् ।
धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालनमा आएको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्प फर हेप्पीनेसका सदस्यलाई उपचार शुल्कमा छुट दिने भएको छ । मंगलबार सौभाग्य हस्पिटल र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमबीच उपचार शुल्कमा छुट दिने सम्झौता पत्र आदानप्रदान भएको छ । हस्पिटल सञ्चालक समितिका अध्यक्ष दिनेशराज जैशी र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सँगै अब सौभाग्य हस्पिटलमा हेप्पनेसमा आवद्ध सबै सदस्यहरुले उपचार शुल्कमा छुट पाउने भएका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष जैशीकाअनुसार हेप्पीनेसका सदस्यहरुलाई ओपीडी शुल्कमा २५ प्रतिशत, प्याथोलोजी सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट…
धनगढी – तीन दिवसीय अन्तर्राष्ट्रिय “मानसखण्ड सम्मेलन” सम्पन्न भएको छ । सुदूरपश्चिम सरकारको सहयोग एवं सुदूरपश्चिम विश्वविधालयको मुख्य आयोजनामा कंञ्चनपुरमा उद्घाटन गरिएको तीन दिवसीय अन्तर्राष्ट्रिय “मानसखण्ड सम्मेलन” हिजो (सोमबार) धनगढीमा समापन गरिएको हो । वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको धेरै गहिरो आर्थिक सम्बन्ध रहेको र धार्मिक पर्यटनका क्षेत्रमा विकास गर्ने हो भने नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशमा पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न सकिने बताएका छन् । साथै उनले नेपाल र भारत बिच लामो समय देखि प्रगाढ रहेको सम्बन्ध लाई थप मजबुत बनाउन धार्मिक पर्यटन…
काठमाडौँ – नेपाली काँग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले एक विज्ञप्ति निकाल्दै २०७४ साल र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरूको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका सदस्यहरूको कारबाही फुकुवा गरेको बताएका छन् । जस अनुसार जोशी र कोइरालासहित कारबाहीमा परेका काँग्रेस नेता कार्यकर्ताको कारबाही फुकुवा भएको छ । २०७४ सालमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी खारेज भएपछि तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई समर्थन गरेका थिए । यस्तै…
धनगढी – धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले एक किशोरीलाई दोस्रो जीवन दिएको छ। महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका १० जिमुवा की १७ वर्षीया किशोरीलाई अस्पतालको टिमले दोस्रो जीवन प्रदान गरेको हो। विषादी (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएकी उनले अस्पतालले आफ्नो सफल उपचार गरेपछि दोस्रो जीवन पाएको महसुस गरेको बताइन्। ती किशोरीले गत चैत्र ३० गते घरमै विष सेवन गरेकी थिइन्। त्यसपछि उनलाई त्यहाँको महाकाली अस्पतालमा उपचारका लागि लगिएकोमा उपचार सम्भव नभएपछि धनगढीको सेती अस्पतालमा ल्याइएको थियो। तर त्यहाँबाट पनि रेफर गरिएपछि उनी सौभाग्य अस्पतालमा भर्ना भएकी थिइन्। त्यसपछि उक्त अस्पतालमा डा. सुनिल आचार्यको टीमले उनको सफल उपचार गरेको थियो। हिजोमात्रै…