काठमाडौँ – प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरीत भएको बताएकी छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सुब्बाले सरकारले पुरानै अवस्थाबाट कित्ताकाट खोल्नु वर्तमान परिवेश विपरीत भएको बताएकी हुन् ।
मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद भएको उनको भनाई छ ।
यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने भन्दै उनले जमिनको दलालीकरण बढाउने पनि उल्लेख गरिन् । उनले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षणसमेत गराइएकी छन् ।
Facebook Comments Box