कञ्चनपुर – कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलबार कञ्चनपुर प्रहरीले एक लाख ६९ हजार दुई सय मुल्य बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको हो । भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका सामान बेवारिसे अवस्था फेला पारेको प्रहरीले जनाएको छ । जुत्ता, मिठाई र लेदरका झोला बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ ।
Author: Saru Shrestha
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका वायुसेवा कम्पनीहरूका कार्यालय क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ । गुरुयोजना अनुसार विमानस्थलमा ह्याङ्गर एप्रोन निर्माण हुने भएकाले कार्यालय क्षेत्रका संरचना हटाउन भनिएको हो । प्राधिकरणले सबै हेलिकप्टर कम्पनी, श्री एयर, यती एयरलाइन्स र समिट एयरलाइन्सलाई पत्र लेख्दै १ महिना भित्र संरचना हटाइसक्न भनेको छ । प्राधिकरणको यो पत्रसँगै अब वायुसेवा कम्पनीहरूका कार्यालय नै विमानस्थलबाट विस्थापित हुने छन् । प्राधिकरणले सो स्थान प्रयोग गरेबापत सो अवधिसम्मको बहाल रकम फरफारक गर्न समेत निर्देशन दिएको छ ।
धनगढी – सेती प्रादेशिक अस्पतालले थालेको स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा देखिएको विवादमा प्रदेशको सामाजिक विकास मन्त्रालयले लिखित परीक्षा लिन निर्देशन दिएको छ । तर, प्रादेशिक अस्पतालले भने समय अभावको कारण देखाउदै मौखिक अन्तरवार्ताकै आधारमा छनौट गर्नेगरी प्रक्रिया थाल्ने मनस्थिति बनाएको पाइएको छ । अस्पताल प्रशासनले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्ने व्यवस्थापन मापदण्ड २०७७ अनुसार पदपूर्ति प्रक्रिया थालेर चलखेल गरेको भन्दै उजुरी परेपछि विवाद मन्त्रालयसम्म पुगेको थियो । उक्त विवादमा मन्त्रालयले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट राय मागेको थियो । मुख्य न्यायाधिवक्ताको कार्यालयले कोरोना महामारीका बेला बनाइएको मापदण्डको सधैँ सुविधा लिन नपाइने राय दिएपछि मन्त्रालयले गत हप्ता प्रादेशिक अस्पताललाई…
दार्चुला – दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना भाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन्। सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार बिहान बँदेलले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको छ । सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५०…
काठमाडौँ – अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ । प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्तासमेत तोकिएको हो । मङ्गलवार (आज) मन्त्री महतले शर्मालाई अनुगमन महाशाखामा सरुवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन् । हाल मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरुवा भएपछि अनुगमन महाशाखा रिक्त थियो। अझै सहसचिवद्वय जनक शर्मा र बाबुराम सुवेदीलाई जिम्मेवारी तोक्न बाँकी छ ।
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवबीच भेटवार्ता भएको छ । श्रीवास्तव नेतृत्वको टोलीले मंगलबार मन्त्रालयमा मन्त्री रिजालसँग भेटवार्ता गरेको हो । पेट्रोलियम तथा ग्याँस सम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन श्रीवास्तव नेतृत्वको टोली काठमाडौँ आएको छ । पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन् । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायतका अन्य विविध विषयहरूमा छलफल भएको बताइएको छ । मन्त्री रिजालसँगको भेटमा भारतको…
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थित सुनवरा नदीमा १७५ मिटर जैविक तटबन्ध निर्माण कार्य सुरू भएको छ। आज शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ को कार्यालयद्वारा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँगको सहकार्यमा सुनवरा नदीबाट हुने कटान रोकथाम तथा न्यूनिकरणका लागि १७५ मिटर जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरिएको हो। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा र वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र चौधरीले ४ मिटर बाँसलाई जमिनमा पाइलिङ्ग गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभयो। तटबन्ध निर्माणको कामलाई निरन्तरता दिन हल्दुघाट सामूदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष चेतराज डंगौरालाई जिम्मा लगाइएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख महराले तटबन्ध निर्माण भएपछि…
गोकुलेश्वर-दार्चुलाको शैल्यशिखर नगरपालिकाकाले पछिल्लो समय सामाजिक सञ्जालमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको प्रतिष्ठामा दाग लगाउने नियतले भ्रामक खबर फिजाएको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका उपमेयर शान्ति खडायत, विपद् व्यवस्थापन शाखा प्रमुख राजेशसिंह बिष्टको नाम जोडेर सामाजिक सञ्जालमा विभिन्न गलत आरोप सम्प्रेषणगरी चरित्र हत्या हुने खबर फिजाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरको नाम जोडेर सामाजिक सञ्जाललगायत अन्य माध्यममा सम्प्रेषण भईरहेका पोष्टहरु प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सामाजकि सञ्जालमा आएका समाचारहरु स्पष्ट नभई कपोकल्पित र भ्रामक अर्थ नलाग्ने पोष्ट भएकोले शैल्यशिखर नगरवासी आमा-बुबा,दाजुभाई, दिदीबहिनीमा अवगत…
काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए । परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
काठमाडौँ – सरकारले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको छ । सरकारले काठमाडौँ-तराई मधेस फास्ट ट्रयाक अन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुङ्ग्याउने निर्णय पनि गरेको छ ।