Author: Saru Shrestha

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन्। जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो। श्रमिक समुदाय मोर्चा नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्कसमेत गरे। उनले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादिरहेको आरोप पनि लगाए। विप्लवले भने, ‘जातिवाद समाजको लागि घातक कुरा हो। त्यो स्विकार्य हुँदैन तर पहिचान भनेको छुट्टै कुरा हो।…

Read More

काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी कारबाहीमा परेका छन्। पास र र्‍याम्प ज्याकेटबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र ‘एप्रोन’मा पुगेपछि नागरिक उड्डयन प्राधिकरणले अधिकारीलाई कारबाही गरेको हो। संवेदनशील क्षेत्रमा र्‍याम्प ज्याकेट र पासबिना प्रवेश गर्ने उच्च तहका अधिकारीलाई प्राधिकरणले कारबाही गरेको यो पहिलो घटना मानिएको छ ।। फागुन २४ गतेको उक्त घटनामा सुरक्षा मापदण्ड उल्लंघन गरिएको भन्दै अधिकारीलाई कारबाही गरिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए। निरौलाका अनुसार सिनामंगलमा रहेको ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्ड’ विभागले कार्यकारी अध्यक्ष अधिकारीलाई ‘र्‍याम्प सेफ्टी’ को तालिममा पठाउने निर्णय गरेको छ।

Read More

पोखरा पोखरामा एक पुरुषले आत्मदाह गरेका छन्। स्याङ्जा अर्जुनचौपारी – १ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने नन्दप्रसाद अर्यालले आत्मदाह गरेको प्रहरीले जनाएको छ । तीनतले घरको दोस्रो तलामा रहेको आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए। अर्यालको घरको कोठाबाट एक्कासि आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरको पहिलो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका थिए। स्थानीयले खबर गरेलगत्तै पुगे पनि कोठामा समेत चुकुल लगाएका कारण उद्धारमा केही समय लागेकाले उनलाई बचाउन नसकेको प्रहरीको…

Read More

धनगढी – इन्डो नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न सिरिजका ४ वटै खेल आफ्नो पक्षमा पार्दै डिसिए च्याम्पियन बनेको हो ।  डिसिएले भारतको उत्तरप्रदेशस्थित सजाहनपुर क्रिकेट क्लब र बरेली क्रिकेट क्लबलाई निम्त्याउँदै उक्त प्रतियोगिता आयोजना गरेको हो । जसमा पाहुना दुई टोली र आयोजक दुई टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भएका चारवटै खेलहरू डिसिएले आफ्नो पक्षमा पारेको छ । चैत्र १९ गतेको भएको उद्घाटन खेलमा डिसिएले सजाहनपुर क्रिकेट क्लबलाई, दोस्रो खेलमा बरेली क्रिकेट क्लबलाई र २० गते भएका दुबै खेलमा डिसिए विजयी भएको थियो । यस्तै मंगलबार भने…

Read More

काठमाडौं – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो । तीमध्ये ४ सय ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।

Read More

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका साथै अन्य काम कारबाहीमा प्रभावकारिता देखिन सकेको छैन । मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार मन्त्री र आर्थिक मामिलामन्त्रीबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् । सत्तापक्ष दलबीच मन्त्रालय भागबन्डाका विषयमा समझदारी बन्न सकेको छैन । सबै दल केन्द्रीय नेतृत्वको निर्णयको पर्खाइमा छन् । ‘मन्त्रालय लामो समयदेखि नेतृत्वविहीन बन्दा नीतिगत काम प्रभावित भएका छन्’, एक मन्त्रालयका कर्मचारीले भने । प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता शाह नेपालको संविधानको धारा १६८ को (३) बमोजिम गत माघ २७ गते प्रदेशको…

Read More

काठमाडौँ – सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि जाँचबुझ आयोग गठन गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिएकी हुन् । आयोगका सदस्यहरूमा पूर्व नायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व प्रहरी नायव महानिरीक्षक उत्तम बाबु सुवेदी रहेका छन् । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने, ग्रामीण सडकको स्तरोन्नतिका लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि टोली…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलसँग सम्बन्धित कानुन बदलिँदो परिवेश अनुसार परिमार्जन, पुनरावलोकन र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताएका छन् । आज हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा भ्रमणका क्रममा उनले सशस्त्र प्रहरी अधिकृतहरूलाई आवश्यक निर्देशन दिए । उनले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौजुदा बिओपीकोस्तरवृद्धि गर्दै समग्र सङ्गठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनुपर्ने उल्लेख गरे । उनले हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि मापदण्ड अनुसारको पोसाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवा सुविधामा उचित ध्यान पुर्‍याउनुपर्ने बताए । मन्त्री श्रेष्ठले विपद्…

Read More

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारीको विरोधमा निर्वाचन कार्यालयमा उजुरी परेको छ । उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएकामा लामिछानेविरुद्ध चार जनाको उजुरी परेको हो । आज उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । लामिछानेबाहेक अन्य उम्मेदवारको विरोधमा भने उजुरी परेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारसमेत रहेका सन्तोष थापासहित जनकराज शर्माका प्रतिनिधि डमर पुरी र अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले कार्यालयमै पुगेर उजुरी गरेका हुन्। अर्को उजुरी भने युवराज सफलले इमेलबाट दिएका कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । कार्यालयले मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी भोलि…

Read More