Author: Saru Shrestha

भैरहवा – सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ  । आज बिहान ८ बजेबाट सुरु भएको मतदानको लागि २ हजार १ सय ९३ मतदाता रहेकोमा १ हजार ८ सय २८ मतदाताले मतदान गरेका हुन् । २९ पदका लागि भएको निर्वाचनमा ४६ जनाले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डे छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । साढे ६ बजे सम्म भएको मतदानको मतगणना भने शनिबार राती ९ बजेबाट नै गर्ने उम्मेदवारसँगको बैठकले निर्णय गरेकाे छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नेत्र…

Read More

पाल्पा – पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा ७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो । १७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए । राना रैनदेवी छहरा–७, बल्ढेङगढी जोग दमारका बासिन्दा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं – आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए । ‘राष्ट्रिय एकताको साझा प्रतीक बन्नी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जीतको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु,’ साहले भने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपति (राष्ट्राध्यक्ष) पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ्ले उम्मेदवारी दिएका छन् ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ। नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो। पार्टीका नेता बिजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।

Read More

काठमाडौं – राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’ को नारा नलगाउन आग्रह गरेका छन । उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनवाट प्रसाईले सो नारा लगाउन रोक लगाएका हुन । राजतन्त्रको पुर्नस्थापना चाहने हो पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्दै उनले नाराबाजीमा रोक लगाएका हुन । ‘राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिडनुपर्‍यो । हामीलाई साथ दिनुपर्‍यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं ।…

Read More

गण्डकि – पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले ५ जनाको सकुशल उद्धार गरिएको बताए उनका अनुसार एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ । पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए । प्रधानमन्त्रीले भने, “तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलवमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागिसमेत सहयोग पुग्नेछ। शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो। हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ ।” कर्मचारीहरूको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आइरहेको र…

Read More

काठमाडौँ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अतिकम विकसित मुलुक (एलडीसी) को सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणमा टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, माननीय जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत रहेका छन् । मार्च ५ देखि ९ सम्म हुने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ ७ मार्चमा फर्कने कार्यक्रम तय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ: नेपाल प्रहरीकी नायब उपरीक्षक (डिएसपी) दीप्ती कार्की अमेरिकाको फेडलर ब्यूरो अफ इन्भेस्टिगेसनको नेसनल एकाडेमीका लागि छनोट भएकी छन्। सुदूरपश्चिम प्रदेशको कैलाली घर भएकी उनी नेपालबाट छनोट हुने पहिलो महिला प्रहरी अधिकारी हुन्। अमेरिकी दूतावासले दिएको जानकारीअनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन्। त्यहाँ उनले विश्वभरका कानुनका जानकार अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने मौका पाउने दूतावासको भनाई छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले पनि कार्कीलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्।

Read More

धनगढी – अछाम बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेविसंघका २ धार देखिएका छन्। ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघका दुईवटा समूहले क्याम्पसमा छुट्टाछुट्टैरुपमा संगठन दर्ता गराएपछि स्पष्ट दुई धार देखिएका हुन्। उनीहरुले आफू नै आधिकारिक दाबी गर्दै उमेश कुँवर र खेमराज खड्काले संगठन दर्ता गराएका हुन्।

Read More