Author: Saru Shrestha

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन पूरा गर्नु अनौठो नभएको टिप्पणी गरेका छन्। आइतबार सरकारको सय दिनबारे प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको बताएका हुन्। उनले प्रधानमन्त्रीले सरकार पुनर्गठन गरेसँगै सरकारले गति लिने दाबी गरे। उनले भने, ‘यो गठबन्धनको अवस्था भनेको आफैँमा विशेष अवस्था हो। अहिले जुन हिसाबले नेपालको राजनीति बढो तरल छ । त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन । तर अब एकचोटी यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ । र अनुभव पनि प्राप्त…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भुपती पाण्डेको निधन भएको छ। कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उनले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो। घाइते पाण्डेलाई तत्काल बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको अध्यागमन विभागले जनाएको छ। पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-७ निवासी हुन्।

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आइतबार विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । उनले पदमा रहँदा गैर कानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा उनले राजीनामा दिएका थिए । सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो । छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरूलाई मस्यौदामा स्वीकार गरिएको सभालाई जानकारी गराएका थिए । यसैगरी,…

Read More

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत १८ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरिएको छ । केही दिन अघिको मन्त्रिपरिषद् निर्णय अनुसार मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज तथा सरुवा गरेको हो । मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वर प्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश…

Read More

पोखरा – दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ परेका छन् । व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् । व्रतबन्धमा दलित र गैर दलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ गते पक्राउ परेका थिए । फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Read More

धनगढी– धनगढीमा रहेकाे मानव सेवा आश्रमलाई सहयाेग गरिएको छ। आश्रमलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १२ सी गाउँ बस्ने विमला थापाले सहयोग गरेकी हुन्। उनका दाई स्वर्गीय दिलबहादुर ताडीकाे वार्षीक पुण्य तिथी र उनकाे छोरा अर्विन्द थापाकाे आजै परेकाे जन्मदिनकाे अवसरमा सहयाेग गरेकाे आश्रमले जनाएको छ। सम्पूर्ण थापा परिवारसहित आश्रममा आएर उनले आश्रममा रहेका व्यक्तिहरुलाई खाना खवाएकी थिइन् ।

Read More

धरान – कोशी प्रदेशमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकली सुनसरीले २२ औं स्थापना दिवसका अवसरमा शनिबार उनीहरूलाई पुरस्कृत गरिएको हो। शान्ति सुरक्षा मजबुत र आपराधिक घटना नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बाहिनीका प्रमुख सशत्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) अन्जनिकुमार पोखरेलले बताए। पुरस्कृत हुनेहरूमा उदयपुर दरबन्दी भएर विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी नायव निरीक्षक राजविक्रम खड्का, चोरी तस्करी नियन्त्रणमा उत्कृष्ट काम गर्ने हवलदार खेमकुमार भट्टराई, उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने वरिष्ठ हवल्दार आवद्ध नारायण चौधरी र अवैध लागूऔषध नियन्त्रणमा उत्कृष्ट काम गर्ने सुनसरीका…

Read More

धनगढी – कञ्चनपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ प्रबिन भन्ने ओम प्रकास ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको हो । उनीहरूको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More