काठमाडौं । सरकारले देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललेले अवैध तथा वैध रुपमा सञ्चालित क्रसरबारे अध्ययन गरेर क्रसर उद्योगहरू खोल्नेबारे निष्कर्षमा पुग्ने निर्णय गरेको बताए । अध्ययन गर्ने समितिमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी संघका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने बताइएको छ ।
Author: Saru Shrestha
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो । बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई…
काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको छे भने उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार सरकारका प्रवक्तामा सूचना तथासञ्चार मन्त्री रेखा शर्मालाई तोकिएको छ । अर्को बैठकदेखि शर्माले नै मन्त्रिपरिषद्को निर्णय सुनाउनेछिन् । त्यसैगरी बैठकले दुईजना सचिवको पनि सरुवा गरेको छ ।
काठमाडौं । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।
भैरहवा – रुपन्देहीको रोहिणीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो । माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा स्थानीय टीमको सहभागितामा वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा रहेको रामनरेश माविको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । खेलको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष विद्या यादवले…
वीरगञ्ज – पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँगसँग समन्वय गर्ने निर्णय गरेको छ । पालिकाका विद्यालयहरुमा खोप केन्द्र राखी खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत…
ढाका – बिरामी बोकेर बङ्गलादेशका राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा मंगलबार बिहान ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित छ जनाको ज्यान गएको छ। विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन्। एम्बुलेन्समा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ। एम्बुलेन्सबाट शव निकाल्न घण्टौँ लागेको उद्धारकर्मीले बताएका छन्। बिरामी र निजका तीन जना सहयोगी तथा चालक र सहचालक दुर्घटनामा मारिएका उनीहरूले जनाएका छन्। साँघुरा राजमार्ग, उपयुक्त ढङ्गले नियमितरूपमा मर्मतसम्भार नगरिएका सवारी साधन, अदक्ष चालक, सवारी ज्ञानको अभाव तथा ट्राफिक नियमको पूर्ण परिपालना नहुँदा…
सप्तरी – यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । पछिल्लोपटक विष्णुपुर गाउँपालिका-२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते जाडोले कठ्यांग्रिएर मृत्यु भएको थियो । आफ्नै घरमा साँझमा सुतेको समयमा जाडोले कट्यांग्रिएर मृत्यु भएको स्थानीय ललकु सदाले बताए । उनको न्यानो ओढ्ने लुगाको अभावमा जाडोले कठ्यांग्रिएर मृत्यु भएको उनले जानकारी दिए । यसअघि शितलहर बढेसँगै चिसोले गत…
काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो । संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।