काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ। आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल सुरु भएको हो। जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनुका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ। जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ। जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवारका बारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए। उनले भने, ‘मेरो उपराष्ट्रपतिमा उम्मेदवारी दिने…
Author: Saru Shrestha
मकवानपुर – बागमती प्रदेश सरकारबाट राप्रपा अलग हुने भएको छ । प्रदेशसभाको शनिवार बसेको बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने बताएका हुन् । उनले औपचारिक रूपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिक रूपमा राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ । उनले सत्तापक्षमा रहँदासमेत अपहेलित हुन परेको भन्दै दुःख व्यक्त गरे । राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको उनले बताए । संवैधानिक राजतन्त्र, वैदिक सनातन हिन्दु राष्ट्र निर्माण, सङ्घीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा…
काठमाडौं – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ । जीतसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जीत हासिल गरेको हो । नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । नामिबिया कै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७…
धनगढी – पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले नेपालमा पछिल्लो समय राजनीति विकृत बनिरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने पनि बताए। राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका पाएका प्रचण्डले त्यो पनि गुमाएको दाबी गरे। उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ।’ आफ्नो प्रतिवद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै…
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन । शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन । विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ।…
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन पत्र लेखेका छन् । ओलीले पत्रमा पूर्व सभामुख नेम्वाङले संविधानको मर्म र भावना बुझेकाले उनलाई राष्ट्रपति पदमा मत दिन आग्रह गरेका छन् । आज बिहान बसेको एमालेको सचिवालय बैठकले काँग्रेसबाहेक सबै दललाई मत मागेर पत्र लेख्ने निर्णय गरेको थियो ।
काठमाडाैं – ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेकाे हाे । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।
लसएञ्जल्स – हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजका हालका दिनमा चर्चामा छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन् । उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन् । उनले काइली जेनरलाई पछि यो मामलामा पछि पारेकी छन् । उनले इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । सेलेनाको इन्स्टाग्राममा २ सय ८३ मिलियन फलोअर छन् । जबकी काइलीको इन्स्टामा ३ सय ८० मिलियन फलोअर छन् । सेलेनाअघि यो रेकर्ड काइलीको नाममा थियो । यद्यपि यी सबै सफलताका बावजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । ‘म धेरै खुशी…
कोलकाता – केन्द्रीय गृह राज्यमन्त्री निसिथ प्रामानिक माथी पंश्चिम बंगालमा ढुंगामुढा भएको छ । पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गा मुढाको सामाना गर्नु परेको हो । प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफु माथी आक्रमण गरेको आरोप लगाएका छन । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन्। ‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने ।
धरान: धरान उपमहानगरपालिकामा आजबाट धरान दौडिन्छ प्रतियोगिता सुरु भएको छ।यस्तै ११ औं धरान दौदिन्छ प्रतियोगिता ब्रीटिस सेनाको टोली पनि सहभागी भएको थियो।त्यसक्रममा सेनाको ब्याण्ड टोलीले यो मन त नेपाली हो भन्ने गीत समेत गुन्जाएको थियो। ब्रीटिस आर्मीको ब्याण्ड टोलीले नेपाली राष्ट्रियता झल्काउने गीत गाउनुलाई महत्त्वपूर्ण रुपमा लिइएको छ। अहिले सो कुराले चर्चा पनि लिएको छ।