काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ । वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिवन्ध लगाएको हो । ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’प्राधिकरणले भनेको छ । सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।
Author: Saru Shrestha
काठमाडौं – नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३–१ ले विजयी भएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए । खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै…
काठमाडौं – नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए । ‘आ(आफ्नो गृह जिल्ला पुगी बडादशैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार…
बारा – बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् ।मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखोसो छ । उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । पटकपटक माग गर्दा पनि बीमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन अब दशै मनाउने पैसा समेत किसानसंग छैन, समयमै केराको बीमाको रकम नपाए बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको…
धनुषा – मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख मिश्रले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले दुवै विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
काठमाडौं – भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिँड्न नपाउने व्यवस्था छ । दलहरुले भने आचारसंहिताको यो व्यवस्थाप्रति आपत्ति जनाएका छन् । उनीहरु राजनीतिक व्यक्तित्व भएकाले पार्टीको जनमत बढाउन मन्त्रीहरुलाई पनि चुनाव प्रचारमा जान दिनुपर्ने दलहरुको मत छ । निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी, अर्ध सरकारी वा सार्वजनिक संस्थाले कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति दल…
काठमाडौं – नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् । सोमबार भट्टराईसहित एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् । भटराईलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । भट्टराईले अलग भएर भन्दा एकजुट भएर नै क्रान्ति अगाडि बढाउन सकिने भएकाले एमालेमा फर्किएको बताए ।
काठमाडौं – प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका – ८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए । गत शुक्रबार ठाकुर मृत भेटिएका थिए । मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकोमा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।
बुटवल – जनता समाजवादी पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेका १५ भन्दा बढी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव र लक्ष्मी यादव सचिव थिए । उनीहरुसंगै जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले पार्टीमा स्वागत गरे । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तवबाहेक अरु कोही…
जनकपुरधाम – बाँस झाडीमा मृत फेला परेकी धनुषाको मिथिलाबिहारी नगरपालिका(५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ । रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको…