जनकपुरधाम – बाँस झाडीमा मृत फेला परेकी धनुषाको मिथिलाबिहारी नगरपालिका(५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ ।
रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।
प्रहरीका अनुसार रामाका दुई छोरा छन् । २२ वर्षीय विनय मण्डल र कान्छो छोरा वर्ष २० क संजय मण्डल । कान्छो छोरा सञ्जय हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । जेठो छोरा विनय घरमै छन् । पारिवारिक ऋणको विषयलाई लिएर श्रीमान र श्रीमतीबीच विवाद हुँदै आएको प्रहरीको भनाइ छ ।