Author: Saru Shrestha

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताए । उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको बताए। राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनको…

Read More

काठमाडौं – उडीसाको पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि बिहीबार काठमाडौं आइपुगेका छन्। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन्। उनलाई कोषका अधिकारी तथा धर्मानुरागीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन्। पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार उनी ८ फागुनसम्म काठमाडौंमा रहनेछन्। शंकराचार्यले शुक्रवार विहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र हिन्दु धर्मका अनुयायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ। सोमबारदेखि पशुपति क्षेत्रमा सुरु भएको लिंगपुराणमा शंकराचार्य सहभागी हुनेछन्।शनिबार महाशिवरात्रीमा उनी प्रमुख पात्रका रुपमा रहन्छन्। ‘महाशिवरात्री…

Read More

वीरगञ्ज – नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन् । पक्राउ परेका चारैजनाले वीरगञ्ज महानगरपालिका–१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर १ पी ०६४९ नम्बरको स्कारपियो गाडीमा बसी सर्वसाधारणलाई एक किलोको नक्कली सुनको बिस्कुट देखाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नक्कली सुनलाई नियन्त्रणमा वीरगञ्ज सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा नक्कली भएको प्रमाणित भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब…

Read More

काठमाडौं – खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् ।  तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् । सातामा एक दिन आफू नै कल सेन्टरमा बसेर गुनासो सुन्न उनको भनाइ छ । यस्तै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने उनले बताए । उनले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त…

Read More

काठमाडौं – प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

Read More

काठमाडौँ – भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ । आईओसीले नेपाल आयल निगमलाई १५-१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको…

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । पदमा बहाल रहँदा अमिल्दो र अस्वभाविक सम्पत्ति…

Read More

काठमाडौँ – नुवाकोटको विदुर नगरपालिका-१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा.२ ख. ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले बताए । दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । डिएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर-६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ता प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सवाल जवाफमा भाग लिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ को दफा ५६ मा प्रधानमन्त्रीलाई सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ । “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा निर्धारण गर्नेछ,” दफा ५६ मा लेखिएको छ । यस्तै, यही दफामा “तर, उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो घण्टाको समयमा निर्धारण गरिनेछ” भन्ने उल्लेख गरिएको छ । प्रतिनिधिसभा नियमावली २०७५ मा भने पहिलो…

Read More

काठमाडौँ – गण्डकी सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा धेरै भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले स्थापना दिवस भन्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गण्डकी प्रदेशमा २०७४ फागुन ४ गते एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिनलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा चाडपर्व तथा दिवसमा दिइने बिदामा प्रदेश स्थापना दिवस पनि समेटिएको छ। राजपत्रमा आगामी चैत १५ गते चैते दसैँका अवसरमा पनि सार्वजनिक बिदा दिने उल्लेख छ। प्रदेश…

Read More