काठमाडौं – एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढल्न पुगेको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । तर, विश्वासको मत लिँदा उनले जम्मा २४ मत मात्रै पक्षमा पाए । यस्तै विपक्षमा ३५ मत पर्यो । प्रदेशसभामा भएको भोटिङमा जम्मा ५९ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री अल्पमतमा परेका हुन् । यससँगै विश्वासको मतसम्बन्धी मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरे । अधिकारी गत…
Author: Saru Shrestha
काठमाडौँ – चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ । गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले रु ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट…
धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु युट्युब र टिकटकतिर लागेको भन्दै चिन्ता जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई आज काठमाडौँमा सम्वोधन गर्दै प्रधानमन्त्रीले या बिषयलाई गम्भिरतापूर्वक लिएर हस्तक्षेप बढाउनुपर्ने समेत बताए। ‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचनातिर भन्दा सोसल मिडिया, युट्युब र टिकटकतिर लागेका छन, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छु, उनले भने। प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई निश्चित बिचार र मान्यतामा अघि बढाउन नसके सिंगै समाज नै दुषित…
काठमाडौँ – कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो । यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोभिड संक्रमितको संख्या ३८३ पुगेको छ ।
बाजुरा – बाजुरामा ८ महिने शिशुको हेलिकोप्टबाट उद्धार गरिएको छ। जिल्लाको माहावु गाउँपालिका-४ का प्रिखोलाका बखत बहादुर शाहीकी ८ महिनाकी छोरी टेनिशाको नेपाली हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। शाहीको नेपाली सेनाको एनए ०५५ नम्बरको हेलिकोप्टरबाट उद्धार गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपति दिवाकर खड्काले बताए। मुगु जिल्लाको रातापानी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएको र कोल्टिमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल बाजुरामा ल्याए पनि जिल्ला अस्पताल बाजुरामा पनि उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको हो। २ दिनसम्म कोल्टिमा जहाजको पर्खाइमा बस्नुपरेको उनकी आमा बिन्देश्वरीले बताइन्। दुई दिनसम्म पनि हवाइजहाजले लिन नमानेपछि उनले शुक्रबार राति जिल्ला अस्पताल बाजुरामा…
खलङ्गा – दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले…
काठमाडौँ – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ। कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरका दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो। काठमाडौँको खुलामञ्चमा सोमबार पार्टी एकता घोषणा सभा आयोजना गरिएको थियो । केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति, स्थानीय तहहरूमा पनि एकताको भावनाअनुसार एकता गर्दै दुई पार्टीबीच सहमति भएको छ। दुई पार्टीबीच १४ बुँदे सहमति भएको छ।
काठमाडौँ – लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पूरा गरेको छ। पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री लीला गिरीले सय दिने उपलब्धि सार्वजनिक गरेको छन्। समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले रणनैतिक उपलब्धि हासिल गर्न सफल भएको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले दाबी गरे। समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको जानकारी गराइएको छ। यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनका लागि महत्त्वपूर्ण कार्य भएको छ। राप्ती उपत्यका देउखुरीमा राजधानीका संरचना निर्माण प्रारम्भ भएको छ। आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी १० वटा…
काठमाडौँ – विद्युत् व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौता गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा विद्युत् व्यापारका लागि दुई देशको सरकारीस्तरमै विशेष समझदारी गर्न तयारी थालिएको हो । प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने तयारीमा छन् । नेपाल र भारतले ४ कात्तिक, २०७१ मा ऊर्जा व्यापार सम्झौता (पीटीए) गरेका थिए । २५ वर्षका लागि भएको सो सम्झौतालाई छाता मानेर पूरक सम्झौताको तयारी भएको हो । नेपाल र भारतबीच विद्युत् व्यापारको सम्झौता भएका बेला नेपालले भारतमा विद्युत् निर्यात थालेको थिएन । नेपाल लोडसेडिङमा रहेकाले त्यतिबेला नेपालमा विद्युतको आयात बढाउनुपर्ने आवश्यकता थियो । अहिले अवस्था…
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाहरुको भ्रमणमा जाने भएका छन् । मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली क्षेत्र भ्रमणको शिल्शिलामा एक हप्तापछि राजादम्पती नेपालगञ्ज पुग्ने एक सुचनामा जानकारी गराईएको छ ।