धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु युट्युब र टिकटकतिर लागेको भन्दै चिन्ता जनाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई आज काठमाडौँमा सम्वोधन गर्दै प्रधानमन्त्रीले या बिषयलाई गम्भिरतापूर्वक लिएर हस्तक्षेप बढाउनुपर्ने समेत बताए।
‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचनातिर भन्दा सोसल मिडिया, युट्युब र टिकटकतिर लागेका छन, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छु, उनले भने।
प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई निश्चित बिचार र मान्यतामा अघि बढाउन नसके सिंगै समाज नै दुषित हुने खतरा पनि औल्याए।
‘यस बिषयमा बुद्धीजिवीहरुबाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो संघर्षवाट आएका नेताहरुलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिँदैछ। यो अराजकता रोकिन जरुरी छु, प्रधानमन्त्रीले भने।