Author: Saru Shrestha

जनकपुरधाम – प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए । प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनबाट स्रोत नखुलेको नेपाली ४ लाख छ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरिएको डीएसपी गौतमले बताए ।

Read More

अछाम – जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका र मंगलसेन नगरपालिकामा शिबिर हुन लागेको हो । काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा बिनायकमा फागुन ७ र ८ गते, मंगलसैनमा ९ गते र कमलबजारमा १० गते स्वास्थ्य शिबिर हुन लागेको हो । शिबिरमा सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटुरोग, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार निशुल्क हुनेछ । यस्तै शिबिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्यूरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा हुनेछन्…

Read More

धनगढी- अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिल्लाको कमलबजार नगरपालिका–७ सेरा फल्टाने नजिकै ट्याक्टर दुर्घटना भएर सोही ठाउँका भक्तबहादुर विष्टको मृत्यु भएको हो। कमलबजारबाट नम्बर नखुलेको ट्याक्टर खाद्यान्न सामाग्री लिएर सेरा फल्टानेतर्फ जादै गर्दा मोलगोडी नजिक दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी – नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा उच्च अदालतले तत्काल कुनै आदेश दिन अस्वीकार गरेको छ । चौधरीले २२ माघमा म्याद बदर गरिपाउ भनेर दायर गरेको रिटमा सुनवाइ हुन बाँकी रहेको कारण देखाउदै उच्च अदालतका न्यायाधिश देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलाशले तत्काल आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालतकी निमित्त रजिष्टार सीता रेग्मीले म्याद बदर सम्बन्धी रिटमा जिल्ला अदालत कैलालीबाट लिखित जवाफ पेश नभएको भन्दै तत्काल बन्दी प्रत्यक्षीकरणको रिटमा कुनै आदेश नभएको जानकारी दिइन् । ‘म्याद बदर सम्बन्धी रिटमा जिल्ला अदालत कैलालीको लिखित जवाफ आउन बाँकी रहेकाले तत्काल बन्दी प्रत्यक्षीकरण…

Read More

विराटनगर – मोरङमा दुई जना पुरुष मृत भेटिएका छन् । छुट्टा छुट्टै स्थानमा दुई जना मृत भेटिएका हुन् । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् । उनको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् । शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौं – प्रहरीले आइतबार काठमाडौंको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं प्रहरीले उदयपुर बलमता गापा-२ घर भई काठमाडौं ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर-५ घर भई काठमाडौं ताराकेश्वर-१० बस्दै आएका विवेक श्रेष्ठलाई पक्राउ गरेको हो । यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा-१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु-२ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेको प्रहरीले जनाएको छ । गत…

Read More

काठमाडौं – सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ । शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो । तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । ‘उहाँ (बालेन शाह) को हकमा सर्वोच्च अदालतले तत्काल जरिवाना बुझाउनु नपर्ने भनी अन्तरिम आदेश दिएको हो’, अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘आदेशको व्यहोरा हेर्न पाइएको छैन, हामीले अरुको हकमा पनि जरिवाना बुझाउनुनपर्ने आदेश…

Read More

काठमाडौं –  पछिल्लाे २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएकाे हाे ।  २२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकाे थियाे । पछिल्लाे २४ घण्टामा एक जना संक्रमणमुक्त भएका छन् । ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ । पछिल्लाे २४ घण्टामा कोरोनाविरुद्धको खोप एक हजार २०२ जनाले लगाएका छन् ।

Read More

काठमाडौं – काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई काठमाडौंको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट पक्राउ गरिएको जनाएको हो । उनीहरूलाई आवश्यक कारबारहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी – कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै गोदावरी नगरपालिका–१ का २४ वर्षीय सुमन थापा ४ ग्राम ३९० मिलिग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।

Read More