Author: Nisha Shrestha

काठमाडौँ – राप्रपाको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ पाँच बजे सत्तारुढ १० दलीय बैठक बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र सरकार विस्तारबारे छलफल हुनेछ ।

Read More

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार संरचना निर्माणस्थलमा रहेका आठ सय १३ रूख कटान गरी हटाइने भएको छ । श्रीकृष्ण सामुदायिक वनको जग्गामा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि मन्त्रिपरिषद्को विसं २०७८ माघ १० गतेको बैठकको निर्णयानुसार चार दशमलव ९९ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको थियो । मन्त्रिपरिषद्ले केन्द्र निर्माण गर्न स्वीकृति दिएको जग्गामा रहेका रूख हटाउन लागिएको हो । रूख हटाउने सम्बन्धमा गत जेठ ३ गते सहरी विकास तथा भवन निर्माण विभाग र वन तथा भू-संरक्षण विभागबीच भएको सम्झौताअनुसार सामुदायिक वनमा आयोजना निर्माणस्थलमा रहेका तीन सय ९६ ठूला र…

Read More

काठमाडौँ– करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आंगीक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी संगठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी संगठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । देशभरिका त्रिविका ६२ आंगीक क्याम्पस र एक…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ । सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पुर्‍याएको हो ।

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता गर्न नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ । महासङ्घले आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नगरे कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको हो । संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासङ्घले जनाएको छ । महासङ्घको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको महासङ्घले जनाएको छ ।

Read More

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए। ‘हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ’, उनले भने, ‘यो शहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो ।’ त्यसैगरी एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन १४ किलोमिटर ढलसहितको आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न नगर प्रमुख पदम बोगटीले निर्देशन दिएका छन्। उनले शुक्रबार सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी, नेपाल विद्युत्…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक सुरु भएको छ। शनिबार दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो। बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बोलाएको हो । बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ । काँग्रेसले आइतबार नै मध्याह्न १२ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

Read More

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आइतबार वृहत् प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष…

Read More