Author: Nisha Shrestha

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता ताका आफूमाथि प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको बताएका छन् । अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता भएको समेत उनले दाबी गरे । बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता हो ।’ प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टीमा प्रवेश गराउँदै उनले पार्टी एकताका बेला आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको दावी गरे । ‘मैले अँगालो हालेर अध्यक्ष बनाएँ । मेरै छेउमा राखेँ । तर, प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे’ ओलीले भने, ‘तर,…

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गर्नुभएको हो । “हामीले आपसमा बसेर नजाने निर्णय ग¥यौँ, हामीले दिनुपर्ने सुझाव पहिला नै दिइसकेको छौँ”, रासससँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश रायमाझीले भन्नुभयो, “पदीय मर्यादा र स्वतन्त्र न्यायापालिकाको अवधारणाअनुसार हामी सहभागी हुन ठीक छैन भन्ने निर्णय ग¥यौँ, त्यो निर्णयको पत्र समितिमा पठाएका छौँ ।” उहाँले पूर्वप्रधानन्यायाधीशहरूबीच छलफल गरी नजाने निर्णय गरिएको पत्रसमेत समितिमा पठाइसकेको जानकारी दिनुभयो । समितिको बुधबार…

Read More

काठमाडौं – प्रहरीले पर्सागढी नगरपालिकाबाट ठूलो परिमाणमा लागूऔषध चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । करिब २७ किलो चरेससहित मकवानपुरको मनहरी गाउँपालिका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा पक्राउ परेका हुन् । मोक्तानको झोलाबाट ८ किलो ६ सय ९० ग्राम, बलको झोलाबाट ५ किलो १ सय १० ग्राम र विश्वकर्माको झोलाबाट १३ किलो ८ सय ग्राम चरेश बरामद भएको हो । उनीहरूलाई प्रहरीले बुधबार राति साढे ७ बजेको समयमा पर्सागढी नगरपालिका–२ बागबानाबाट पक्राउ गरेको हो । अस्थायी प्रहरी पोस्ट मनवाबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा जितपुरबाट मनवातर्फ जाँदै गरेको ना…

Read More

इस्लामाबाद – पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १ हजार ५ सय जनाको मृत्यु भएको छ भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगू, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगू ज्वरोले धेरैको ज्यान गइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् । दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगू ज्वरोका करिब ३ हजार ८ सय ३० केस रिपोर्ट गरेका…

Read More

काठमाडौँ – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए उक्त कोटा कटौती हुने बताएका छन्। बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा नेपाल सरकारले निर्णय नगरे अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ। हालै मात्र नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका पाण्डेले नेपाल सरकारले मंसिर ४ को आमनिर्वाचन अघि कुनै निर्णय गर्ने सम्भावना नरहेको पनि उनले बताएका छन् । उनले भनेका छन्,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ।’ आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए। केही…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको दाबी गरेका छन् । तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र सांसदलाई दुई पटक भङ्ग गरेको कारणले अहिले गठबन्धन सरकारले देशलाई ठुलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताए। ‘‘स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्, यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले संघीय कानुन समयमा नबनाइदिएको कारण आएको हो। अहिले त तपाईँहरूकै सरकार छ भन्नुहोला। झन्डै…

Read More

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ । यसका लागि उमेदवाले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उनल् निर्वाचनमा भाग उम्मेवादारले लिने हो कि दलले…

Read More

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न भएको छ । बैठकले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि देहाय बमोजिमको आधार र मापदण्ड तय गरेको छ । १। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने । २। २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन । नेपाली कांग्रेसको विधानको धारा ३३ ९२० मा प्रतिनिधि सभा र प्रदेश…

Read More

काठमाडौँ – नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन । प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै…

Read More

काठमाडौँ – फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्व सूचनाबिना आफूहरूलाई हटाए र महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

Read More