Author: Nisha Shrestha

काठमाडौँ – चलचित्र विकास बोर्डको नव गठन सल्लाहकार समिति विवादमा परेको छ । अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् । चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित धेरै फिल्मकर्मीले सामाजिक सञ्जालबाट समितिको आलोचना गरिरहेका छन् । सल्लाहकार समितिमा एकजना महिला पनि नपरेको भन्दै आलोचन भएको हो । नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानत स् अंगिकार गरेपनि बोर्डको सल्लाहकार समिति त्यस्तो हुन नसकेको विषय सामाजिक सञ्जालमा चर्को…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताए । संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसी व्यक्त गरे । त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा ओलीले जोड दिए । निर्वाचनमा लोकतन्त्र, राष्ट्रियता र संविधानले हार्न नहुने विषयमा सतर्क रहन ओलीले नेता कार्यकर्तालाई सचेत गराए । ललितपुरको कुपण्डोल,…

Read More

काठमाडौं – संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा शनिबार बृहत वाकथन (पदयात्रा) गरेको छ। बिहान ७ बजेबाट उपत्यकाका नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट पदयात्रा सुरू भएर बसन्तपुरमा पुगेको थियो। पदयात्राको नेतृत्व अध्यक्ष केपी शर्मा ओली आफैंले गरेका थिए।

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा थप ११० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८२७ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १२६ जना संक्रमण मुक्त भएका छन् भने १ जना संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर कसैले पनि कोरोनाविरुद्धको खोप लगाएको रिपोर्ट प्राप्त भएको छैन । अहिलेको अवस्थामा नेपालमा २०६२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै तीनलाई चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद सीताराम महतोले सुनसरीको इनरुवाको बाटो ठेक्का लागेको आठ महिना भए पनि काम अघि नबढेकाले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले बागलुङको १० किमी सडक गत वर्ष सम्पन्न हुनुपर्नेमा ५४ प्रतिशत प्रगति रहेको भन्दै ठेक्का लिएर काम…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी हुन्। त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ । त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक,…

Read More

काठमाडौं – भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको छ । नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको हो । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको हो । भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो । हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ । हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घट्ने अवस्था नभएको निगम स्रोत बताउँछ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं गगनकुमार थापालाई डेंगी पुष्टी भएको छ । गगन बिरामी भएसँगै आगामी प्रदेश प्रतिनिधिसभका निर्वाचनका लागि उम्मेदवार चयनको मारामारी चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विरामी परेका हुन् । कांग्रेसका महामन्त्री थापालाई डेंगी संक्रमण भएको छ । उनी एक्कासी बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पाइएको हो । उनलाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए । जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरु उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए । तर अचानक शरीर दुख्ने…

Read More

काठमाडौं – आज शुक्रबारको कारोबार हुने अन्तिम दिन हो । अब असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुनेछ। शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै देखियो । बैंकहरूको ब्याजदर वृद्धिको निर्णयले सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । नेप्से ०.७३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.२३ अंकले घटेर ३७१.९० विन्दुमा झरेको छ । कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको हो । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ । दलहरुले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । शनिबार (१ असोज) मध्यरातबाट मौजुदा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन…

Read More