Author: Nisha Shrestha

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई रिप्लाइ दिएका छन् । डा. भट्टराईले काठमाडौं महानगरका अवैध संरचना भत्काउने बालेनको कामलाई प्रशंसा गर्दै फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न भन्दै सामाजिक सञ्जाल मार्फत् सुझाव दिएका थिए । यता मेयर शाहले बाबुरामलाई पनि सामाजिक सञ्जालबाटै आफूले पनि घर भत्काउँदा त्यसबारे सोच्न पर्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि ।’

Read More

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ। नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए। देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ। ‘घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिनेसम्बन्धी कार्यविधि निर्माण गरिसकेका छौँ, कार्यक्रम निर्माण गरी कार्यान्वयनमा जान बाँकी छ’, पशु विकास अधिकृत तिवारीले भने। पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए।…

Read More

काठमाडौं – पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको…

Read More

कञ्चनपुर – बेदकोट नगरपालिका-४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवलिंगेश्वर धाम कटानको चपेटामा परेको छ। शिवलिंगेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ। बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिंगेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन्। ‘विगतमा यति धेरै कटान भएको थिएन, यो वर्षको बाढीले लिंगेश्वर धाममा ठूलो क्षति पुर्‍याएको छ’, स्थानीय महेन्द्र बोहराले भने, ‘समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ।’ कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवर्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ। लिंगेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा…

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन् । शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु भएको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन्। उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विभिन्‍न आरोप लगाएका छन्। न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ छ। आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन्।

Read More

काठमाडौं – राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।

Read More

काठमाडौं – नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा हिजो (२०७९ भाद्र २९) फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ । फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।…

Read More

काठमाडौँ – परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ । प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसद्मा पठाउन पहल गर्ने बताएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसद्मा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउनुभयो । “युनियनमा आबद्ध पत्रकारलाई संसद्मा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो । युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । पार्टीले आज एक विज्ञप्ती जारी गर्दै सरकारलाई धन्यवाद पनि दिएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे स्वागतयोग्य निर्णय गरेको भन्दै उक्त निर्णयमा सहभागी सबैजनालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले धनयवाद दिएका छन् । मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्मा प्रकाण्डले बताए । ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति…

Read More