Author: Nisha Shrestha

कपिलवस्तु – शिवराज नगरपालिका-१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा वोहरा समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपैयाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको निवासमा पुगेको छ । जबराले सञ्चारमाध्यमहरूमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे । १ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरूको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए । त्यसलगत्तै उनको निवासमा सुरक्षा सतकर्ता बढाइएको छ ।

Read More

काठमाडौँ – भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ । लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाक्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितवा छाडिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन् ।

Read More

काठमाडौं – नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर ९३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ० र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १४ करोड डलर ९१८ अर्ब नेपाली रुपैयाँ० को सहुलियतपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर भएको विश्व बैङ्कले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि…

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ​आइतवार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । नेपालले बीबी एयरवेज प्रालिको इजाजत नवीकरण सम्बन्धी कार्य सम्पादन गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ । उनले आफूले बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग १६ लाख…

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असोज दुई गते अर्थात आज (आईतवार) अपरान्ह तीन बजेसम्म बोलकवोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज चार गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकवोल पेस गर्न सक्ने छन् । यसरी जारी गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैयाँ बराबरका रहेका छन् । ट्रेजरीहरुको परिपक्व हुने अवधि…

Read More

काठमाडौँ- शहरी विकास मन्त्री मेटमणी चौधरीले ओहोदामा हुनेहरूको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् । नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरूको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरूको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना सकिन्छ । त्यस कारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ,’ मन्त्री चौधरीले भने । तालिमले कार्य क्षमता अभिवृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले आइतबार बिहानदेखि उक्त क्षेत्रमा बनाइएका अवैध संरचनामा डोजर चलाइएको हो । महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । महानगरले ३५ दिने सुचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।

Read More

काठमाडौँ –  अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकोलागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो । नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ…

Read More

पोखरा – गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सीजन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा।डा। देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ । विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ । ल्याव रिपोर्टले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको पेय पदार्थ भए यसलाई ब्रान्डिङ गर्ने विश्वविद्यालयले जनाएको छ । ‘कोदोको मदिराजन्य अनुसन्धानले नेपाललाई नै समृद्ध बनाउने तथ्य बाहिर ल्याउँछ भन्ने हाम्रो विश्वास…

Read More