बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा बझाङले लगातार दाेस्राे जित दर्ता गरेकाे छ। दाेस्राे जित दर्ता गर्ने क्रममा बझाङले डडेल्धुरालाई ३ विकेटले हरायाे।
जितका लागि पाएकाे १६३ रनकाे लक्ष्य बझाङले २८.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायाे। जसमा सन्दीप भण्डारीले ४१ रनकाे पारि खेले। डडेल्धुराका निरज ऐेरले ३ विकेट हात पारे।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेकाे डडेलधुरा ३१.५ ओभरमा १६२ रनमा अलआउट भयाे । उसका सुवेश रावलले अविजित ४३ रन हिर्काए। बझाङका कप्तान सञ्जय बाेहराले ४ र पारस राेकायाले ३ विकेट लिए।
सञ्जय खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे। लगातार दाेस्राे जित निकालेकाे बझाङले प्लेट च्याम्पियन बन्ने सम्भावना बलियाे बनाएकाे छ।
डडेल्धुराले अन्तिम खेलमा भाेलि डाेटीकाे सामना गर्नेछ। डाेटीसंग जित निकालेकाे खण्डमा डडेल्धुराकाे पनि क्वालिफायर हुने सम्भावना हुनेछ अन्यथा घर फर्किनुपर्नेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएकाे हाे।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ।
पहिलाे चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दाेस्राे चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।
प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डाेटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी छन् ।
गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।
प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताउनुभयो ।
ईलिट च्याम्पियनसिपकाे उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीबीच खेल हुनेछ।
खेलाडीहरूकाे क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपकाे आयाेजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।