धनगढी : हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहाँहीक जीत हात पारेको छ ।
मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ । प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ ।
पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तरगत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समुह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समुह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक तथा कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु सहायक प्रशिक्षक तथा अन्तराष्ट्रिय प्रशक्षिक रतन खातिले बताए ।
यसैगरी पुरुष तर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ७५ र ८० किलो तौल सहुम विच प्रतिष्पर्धा गराइएकोमा ४८ किलो तौल बाहेक सवै स्वर्ण सुदूरपश्चिम प्रदेशले जीतेको निर्णायक खातिले बताए ।
प्रतियोगितामा ४८ किलो तौल समुहबाट सुदूरपश्चिमका लागि खेलेकी स्वर्ण पदक विजेता अस्मिता गाहामगर उत्कृष्ठ खेलाडी चुनिइन् ।
सुदूरपश्चिम प्रदेशबाट पहिलो अन्तराष्ट्रिय च्याम्पियन उसु प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रदर्शन गरेकी अलिसा खातीले छियाङ्सु÷चेन्सु विधामा स्वर्ण पदक जीत्न सफल भइन् भने, थाइची छ्वान् अलराण्डडरमा कुँवरले स्वर्ण पदक हात पारेकिहुन् । त्यसैगरी महिला थाङछ्वानमा सुपकी दीपिका चौधरीले स्वर्ण हात पारिन् । सुदूरपश्चिमको उसु टोलीमा राजकुमार राना र नवीन गाहामगरले प्रशिक्षक रहेका थिए ।
प्रतियोगितामा ४ स्वर्ण, ९ रजत र ६ कास्य गरी १९ पदकका साथ बागमति प्रदेश उसु टीम दोश्रो तथा ३ स्वर्ण, ६ रजत र ६ कास्य सहीत १५ पदक जीत्दै आयोजक मकवानपुर उसु संघ तेश्रो भएको हो । प्रतियोगितामा एक स्वर्ण गण्डकीले जित्दा अन्य ५ प्रदेशले भने स्वर्ण पदक जित्न नसकेको निर्णायक खातीले बताए ।