कैलाली : हिजो(बुधबार) कैलालीको धनगढीमा न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको थियो। जुन यो वर्षको हालसम्मकै कम रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।
पछिल्लो केही दिनयता अत्यन्तै चिसो हुन थालेपछि कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा दुई दिन जाडो बिदा दिएका छन्।
कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले दुई दिन बिदा दिएका हुन्। चिसोले नियमित पठनपाठन प्रभावित भएको भन्दै ती पालिकामा माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो।
विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।
Facebook Comments Box