बझाङ : बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। २५ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा साइपालमा ५ सय क्विन्टल चामल मात्रै पुग्दा अभाव भएको हो।
ठेकेदारहरुको लापर्वाहीका कारण चामल कम ढुवानी भएको साइपाल-१ का वडाध्यक्ष नरेन्द्र धामीले बताए। जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी खाद्य व्यापार तथा कम्पनीमा पत्राचार गर्दा पनि कुनै पहल नभएको उनले बताए।
खाद्य संस्थानमा चामल अभाव भएपछि महंगोमा चामल किनेर खानुपर्ने अवस्था आएको वडाध्यक्ष धामीले बताए।
Facebook Comments Box