काठमाडौं : सशस्त्र प्रहरी बलले नेपाल–भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले मर्मत सुरु गरेको थियो ।
साढे दुई महिना अवधिमा एक हजार आठ सयभन्दा धेरै मर्मत भइसकेको र अरू पनि मर्मतका क्रममा रहेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
नेपाल–भारतबीच भएको सहमतिअनुसार सशस्त्र प्रहरीले बिजोर नम्बरका सीमास्तम्भको मर्मत गर्दै आएको छ । जोर नम्बरकाेसीमास्तम्भको भारतले मर्मत गर्दै आएको छ । नेपालले करिब दुई हजार दुई सय स्तम्भको मर्मत गर्दै छ ।
नापी विभागका अनुसार दुई देशको सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् ।
Facebook Comments Box