दाङ : दाङमा रड प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका-४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
शनिबार साँझ मदिराले मातेका चौधरीले श्रीमतीलाई रडले हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लले बताए।
चौधरी अत्यधिक मदिरा पिउने भएकाले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यतिसम्मकी उनले श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका दुई महिलालाई पनि रड प्रहार गरेका छन् ।
स्थानीय मिना थापा र शिला चौधरीलाई रड प्रहार गर्दा उनीहरु घाइते भएका हुन्। दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
Facebook Comments Box