धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ११ महिनामै हवाई टिकटमै साढे ५ लाख रुपैयाँ सकेका छन्।
उनले ५ लाख ५६ हजार आठ सय २६ रुपैयाँ हवाई भाडामा खर्च गरेका हुन्। उनी मुख्यमन्त्री भएपछि २२ पटक सङ्घीय राजधानी काठमाडौँ पुगेको तथ्याङ्क मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छ।
अहिले उनी सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका छन्। शाहले २०७९ सालको माघ २७ गते मुुख्यमन्त्री पदको सपथ लिएका थिए।
उनको काठमाण्डौंको यात्रा सपथ लिएको भोलिपल्टै देखि सुरु भएको देखिन्छ। माघ २७ गते सपथ लिएर उनी २८ गते नै संघीय राजधानी उडेका थिए।
Facebook Comments Box