काठमाडौं :भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल स्टेशन को प्रमुखको रूपमा सुब्रत दास आउने भएका छन्।
राघवप्रसाद भट्नागर कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेसँगै नयाँ प्रमुखका रूपमा दास नेपाल आउन लागेका हुन्।
दास यसअघि भुटान प्रमुख थिए। हाल बंगलादेशमा रहेका उनलाई काठमाडौं ल्याउन लागिएको स्रोतले बतायो।
भट्नागर जिम्मेवारी सम्हाल्न तीन वर्षअघि २०७७ माघ ३० गते नेपाल आएका थिए।
विशालनगरस्थित उनको निवासमा आइतबार राति बिदाइ पार्टीको आयोजना गरिसकिएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेपाल भ्रमण गर्ने सम्भावना बढेको छ।
उच्च स्रोतका अनुसार आगामी अप्रिल र मे महिनामा हुने भारतीय लोकसभा निर्वाचनअघि उनले आशिर्वादका लागि पशुपतिनाथको दर्शन गर्न खोजेको बताइएको छ।
Facebook Comments Box