धनगढी: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक सीडिओको सरुवा भएको छ। आइतबार सहायक सीडिओ धर्मराज जोशीको सरुवा भएको हो।
उनको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सरुवा भएको बताइएको छ। उनको स्थानमा अहिले अशोक भण्डारी हाजिर भएका छन्।
भण्डारी तत्कालीन नगर विकासको भ्रष्टाचारसम्बन्धिको मुद्दामा मुछिएर निलम्बनमा थिए। तर हालै उनले अदालतबाट सफाई पाएपछि उनी पुनः जागिरमा जोडिएका हुन्।
तत्कालीन समयमा महेन्द्रनगरको चर्चित नगरविकासको जग्गा घोटालाकाण्डमा मालपोतमा कार्यरत हुँदा भण्डारी भ्रष्टाचार मुद्दामा मुछिएका थिए।
अहिले सहायक कञ्चनपुरका सीडिओको सरुवा पनि भूमाफियाहरुकै बलमा भएको बताइन्छ। किनभने जोशीको सक्रियता महेन्द्रनगरमा नगरविकास लगायतका कब्जा गरिका जग्गा खाली गराउने अभियान तीव्र पारिएको थियो।
Facebook Comments Box