काठमाडौं : प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई पक्राउ गरेको छ ।
पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box