काठमाडौं : भारतका सेना प्रमुख मनोज पाण्डेको कार्यकाल एक महिना थप गरिएको छ ।
मन्त्रिपरिषद्को नियुक्ति समितिले पाण्डेको कार्यकाल एक महिना थप गरेको हो । उनी अब आउँदो जुन ३० सम्म उक्त पदमा रहन सक्नेछन् ।
“चिफ अफ आर्मी स्टाफको कार्यकाल एक महिनाका लागि बढाइएको छ । नियम १६ ए (४) अनुसार उनको कार्यकाल सामान्यभन्दा बढाइएको हो,” जारी विज्ञप्तिमा उल्लेख छ ।
पाण्डेले यही मे ३१ मा सेना प्रमुख पदबाट अवकाश पाउँदै थिए ।
Facebook Comments Box