काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भए पनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनजन्य विपद् जोखिमसम्बन्धी सरोकारवालहरुसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले जोखिम उद्धारसम्बन्धी कानूनहरु कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए ।
उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताए ।
प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको उनले जानकारी दिउ ।
जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको कुँवरको भनाइ छ ।