धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सोमबा भर्चुअल मिटिङ मार्फत उनले सात वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।
उनले जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवं शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिएका थिए ।
साथै बर्षादको मौसम सुरु हुन लागेकोले सम्भावित विपद व्यवस्थापन तथा उद्दारका लागि तयार रहन उनले निर्देशन दिए ।
यस्तै उनले अवैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधिबिरुद्व कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिए ।
उनले डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिएका थिए ।