काठमाडौँः नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा र चार जनाको पदस्थापन गरिएको छ। आज बुधबार डीआईजीहरुको सरुवा तथा पदस्थापन गरिएको हो।
जसमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा विवादित अर्जुन चन्द ठकुरीलाई पठाइएको छ भने कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्य भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ।
यस्तै विशेष ब्यूरोमामा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ। साथै हालै एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई पनि पदस्थापन गरिएको छ। डा मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ।
डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।