काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रण स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जाने भएका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट दिल्ली जाने कार्यक्रम तय भएको छ।
भारतको राष्ट्रपति भवनले आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ। कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि भोलि नै समकक्षी मोदीसँग भेटवार्ताको कार्यक्रम पनि तय भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार उनीहरूबीच दिल्लीमा संक्षिप्त भेटवार्ता हुनेछ।