धनगढी : बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महर र उपाध्यक्ष धनलक्ष्मी मल्ललाई कार्यालय प्रवेशमा निषेध गरेको छ ।
गाउँपालिकामा बेरुजु बढेको र अनियमितता मौलाएको भन्दै विप्लव समूहले कार्यालय प्रवेश निषेध गरेको हो ।
उनिहरु सोमबार कार्यकक्षको ढोकामा प्रवेश निषेधको ब्यानर लगाएर एक दिन कार्यकक्षमा जान निषेध गरेको बुझिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी बझाङका इन्चार्ज भरत मल्लसहितको समुहले कार्यालय बाहिर धर्ना दिइरहेको छ ।
उनीहरुले अनियमितता बढेको, जिल्लामा सबैभन्दा बढी बेरुजु आएको लगाएतका बिषय उठाएका छन् ।
Facebook Comments Box