धनगढी: सुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्रीका लागि नाम बुझाइएपछि दलभित्र असन्तुष्टि देखिएको छ। मन्त्री बन्नेहरूबारेको विषयमा मन्त्री बन्न नपाएकाहरुले मुख्यमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएका हुन्।
सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन्। नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम मन्त्रीका लागि सिफारिस गरिएको छ।
सो सिफारिसलाई नमान्ने भन्दै माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन्।
यहाँ माओवादीका सभामुख सहित ११ सांसद छन् भने दल नेताबाट खगराजलाई हटाएपछि मानबहादुर धामी नेता छन्।
Facebook Comments Box