धनगढी : कञ्चनपुरकाे महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नगर विकास समितिको जमिनमा बनेका अवैध संरचना भत्काउन डराएको भन्दै विप्लव निकट क्रान्तिकारी युवा संगठनले तालाबन्दी गरेको हो ।
सोमबार विज्ञप्ति जारी गर्दै उनिहरुले अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएका छन् । अवैध संरचना भत्काउन सुरु नगर्दासम्म ताला नखोल्ने उनीहरुको भनाइ छ ।
सर्वोच्च अदालतले नगर विकास समितिको जग्गामा निर्माण भएका अवैध संरचना भत्काउन आदेश दिइसकेको छ ।
साथै प्रतिनिधि तथा प्रदेश सदस्यहरुको बैठकबाट समेत अवैध संरचना भत्काउने निर्णय गरेको थियो ।
Facebook Comments Box