धनगढी : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए । तर उनले मन्त्री पद अस्वीकार गरेका छन् ।
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको प्रतिक्रिया दिए ।
मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन् ।
Facebook Comments Box