नयाँदिल्ली : भारतमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे बुझन भारत पुगेका छन्।
महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए।
मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।
उनको अवस्था सुधारोन्मुख छ। भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन ।
एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२ मा नयाँदिल्लीमा आयोजना गर्ने कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र केही भारतीय नेतृत्वसँग भेटघाटको कार्यतालिका रहेको छ ।