काठमाडौँ : जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने भएको छ । पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदानबाट प्रक्रिया स्थिगत भएको छ ।
अब सबै पदको चयन सहमतिबाट हुने भएको छ भने पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरेर सबै पदमा सहमतिबाट चयन गर्ने भएका छन् ।
यादव भने यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् । अब अध्यक्षले पदाधिकारीको नाम महाधिवेशन हलमा प्रस्तुत गर्ने त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ ।
यस अघि आज १२ बजेदेखि नै केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको मतदान हुने तय गरिएको थियो ।
जसपा नेपालमा २१ जना पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था रहेको छ ।
Facebook Comments Box