काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठकमा आज विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ । जसअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफल हुने कार्यसूची छ ।
आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । डा. अमरेशकुमार सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।
प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । मुक्ताकुमारी यादवले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।
राजेन्द्रप्रसाद लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । रोशन कार्की र श्यामकुमार घिमिरेले अर्थ मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।
बैठक बिहान ११ बजे सुरु हुने छ ।