धनगढी : भारतले धौलीगंगा बाध खोल्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्क रहन आग्रह गरेको छ ।
भोलि (१५ गते) बाधको सिल्ट सफाइ गर्ने र सोही समयमा बाध खोलिने जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ ।
उक्त समयमा महाकालीको जलस्तरमा बृद्धि हुने सम्भावना भएकोले नदीको तटिय क्षेत्रका बासिन्दालाई सावधान रहनु आग्रह गरेको हो ।
सर्वसाधारणलाई आवश्यक तयारी र सावधानी अपनाउन तथा सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध छ।
सूचनामा कोहि दिन विद्युत आपूर्तिसमेत प्रभावित हुनसक्ने बताइएको छ ।
Facebook Comments Box