काठमाडौं : आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले धान दिवस धुमधामसँग धान दिवस मनाउने तयारी गरिरहँदा अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ।
कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ।
यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान विभागले गरेको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।
सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।
आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।
Facebook Comments Box